सहिदकाे सम्झना
स्वार्थ केवल मान्छे लाई मान्छे रुपमा स्वीकार गर, बाच्न देउ, विभेद बन्द गर।
शासकलाई चेतावनी दिंदै, मान्छे बन्न नपाएका वा नदिएकालाई चेतना भर्दै, भोका, नाङ्गा, श्रमिक, किसान, महिला, दलित, आदिवासी, जनजाती सबैलाई जागरण र बिद्रोहको प्राण दिने उद्देश्यका साथ लामो यात्रामा निस्किएको व्यक्ति जस्ले जीवन उत्सर्ग गर्दछन तीनै सहिद भनेर युगाैं युग बाँचिरहन्छन ।
विचार र बलिदानका योद्धा
आफ्नै जातलाई नामेट पारेर, जातबिहिन र बिभेदविहिन समाज निर्माणमा लाग्ने आट भएको, आफ्नै ज्यान हार्न तयार तर बिचार मार्न तयार नहुने क्रान्तिकारी योद्धा।
जनताको साथी, सेवक, मसिहा, र जनक्रान्तिका योजनाकारका रूपमा, तस्कर, जाली, फटाहा, ठग, दलाल र सामन्ती शक्तिहरूका लागि डरका स्वरुप।
संघर्ष र प्रेरणा
महान जनयुद्धमा, उनीहरूले बिचार र ईमानलाई बन्धक राखेनन्। शत्रुको गोलीबाट ढले पनि, आज पनि उनीहरू हाम्रा मनमा जीवित छन्। जन जनमा त्यसैले रक्तबिज।
हजार बार भन्छु, बार बार भन्छु:
तपाईंहरू बिचार, आदर्श, त्याग, बलिदान र समर्पणका हिसाबले महान हुनुहुन्छ।
तपाईंहरू युगौँ बाँच्ने प्रेरणा र मुक्तिकामिहरूका लागि स्रोत हुनुहुन्छ।
उहाँ प्रती उच्च सम्मान र श्रद्धासुमन सहित लाल सलाम।
मकवानपुरका संघर्षकर्मीहरूको सम्झना
मकवानपुरका ती तमाम महान सहिद, अर्थात रक्तबिज, जसले यही आन्दोलनमा वीरगति प्राप्त गरे, अझै सम्झिरहेछौं।
जसले आफ्नो ठाँउबाट मृत्यु रोजेर बिद्रोहमा समाहित भए र सहयोग गरे। जातिवाद माथि उठेर क्रान्तिमा लामबध्द भएका नेता भनेको तामाङ, मगर, आदिवासी, जनजाति, ब्राह्मण, क्षेत्री, किसान, मजदुर, महिला, दलित सबैका सहिद हुन्, नकि कुनै जात वा जाति विशेषका।
यो कुरा हामिले कहिल्यै भुल्न हुन्न।